काठमाण्डौं, पुस २७ । काठमाडौंको गौशाला (पिंगलास्थान) बाट घरेलु पेस्तोलसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा पिंगलास्थान बस्ने घनुषा घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहाको विष्णुपुर गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा छन्।
महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको टोलीले बा १५ च ७५३६ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई पेस्तोलसहित पक्राउ गरेको हो।
उनीहरुले कारको सिटमुनी पेस्तोल लुकाएर राखेका थिए। प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान शुरु गरिएको जनाएको छ।
Facebook Comments


























