वीरगन्ज, पुस २४ । पर्सामा एकजना ३८ वर्षीया महिलाले घरायसी विवादका कारण बिषादी सेवन गरी आत्यमहत्या गरेकी छन्।
पर्साको पोखरीया नगरपालिका–२ मसियानीका राजेश साहकी ३८ वर्षीया श्रीमती कुलिता देवी साहले विषादी सेवन गरी आत्महत्या गरेकी हुन्।
घरायसी विषयलाई लिएर भएको सामान्य विवाद पछि कुलिता देवीले विषादी सेवन गरेकी थिइन्। विषादी सेवन पछि बिरामी अवस्थामा फेला परेकी साहलाई उपचाकार लागि नारायणी अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Facebook Comments


























