पुष २१ । इटालियन सिरी ए फुटबलमा रोमा पराजित भएको छ। आइतबार राति भएको खेलमा रोमा घरेलु मैदानमा टोरिनोसँग २-० गोल अन्तरले पराजित भएको हो।
टोरिनोलाई जित दिलाउन आन्द्रिया बेलोट्टीले दुई गोल गरे। खेलको ४५ औं मिनेटमा पहिलो गोल गरेका बेलोट्टीले ८६ औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोरिनोलाई जित दिलाए।
घरेलु मैदानमा पराजित भएसँगै रोमाले शीर्ष तीनको क्लबसँग अंक दुरी कम गर्ने मौका गुमाएको छ। चौंथो स्थानको रोमाको ३५ अंक रहेको छ।
नवौं स्थानको टोरिनोको २४ अंक रहेको छ। एजेन्सी
Facebook Comments