काठमाडौं, पुस २०। नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारीक वेभसाइट तथा पेजहरुमा भ्रमण वर्षको लोगो राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले एक विशेष सूचनामार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन वेभसाइट र पेजमा भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको हो।
केन्द्रीय बैंकले प्रमुख पर्यटकीय गन्तव्यहरुमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलाप केन्द्रित गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ।
Facebook Comments