मुम्बई, असार २८ । भारतीय चलचित्र अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि शनिबार नै उनका पिता अमिताभ बच्चनलाई पनि संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार अमिताभ र अभिषेक दुबैमा संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यमा संक्रमण देखिएको छैन।
अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन्। एजेन्सी
Facebook Comments


























