पुष १९ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा आज शनिबार डर्बी क्लब मेलबर्न रेनेगेड्ससँग खेल्दैछ।
मेलबर्नमा हुने डर्बी भिडन्त नेपाली समय अनुसार दिउसो १:५५ बजे सुरु हुनेछ। डर्बी भिडन्तमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्।
मेलबर्न डर्बीमा सन्दीप मैदान उत्रने सम्भावना बलियो रहेको छ। चोटको कारण सन्दीपले बुधबार सिड्नीविरुद्धको खेल गुमाएका थिए। तर, डर्बी भिडन्तका लागि मेलबर्नले सार्वजनिक गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छन्।
यस सिजन सन्दीपले ४ खेलमा ३ विकेट हात पारेका छन्। ५ खेलमा ४ जित हात पारेको मेलबर्न ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। रेनेगेड्स अंक विहीन रहदै पुछारमा रहेको छ। एजेन्सी
Facebook Comments


























