पुष १७ । म्यान्चेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बालाई शल्यक्रिया आवश्यक देखिएको छ। खुट्टाको चोटका कारण पोग्बालाई शल्यक्रिया आवश्यक देखिएको हो।
प्रशिक्षक आले गुनर सोल्सायरले पोग्बाको शल्यक्रिया गर्नुपर्ने देखिएको भन्दै उनी करिब चार साता मैदान बाहिर रहने सक्ने बताएका छन्।
पोग्बा नयाँ बर्षको दिन आर्सनलविरुद्वको खेलमा उपस्थित थिएनन्।
उनी गत महिना मात्र मैदान फर्किएका थिए। उनलाई खुट्टाको चोटले गत सेप्टेम्बरबाट मैदान बाहिर राखेको थियो।
‘हामीले उनको जाँच गर्यौ। ठुलो बिषय छैन। तर थप केही गर्नुपर्ने देखिएको छ।’ सोल्सायरले भनेका छन्, ‘उनलाई शल्यक्रियाका लागि सल्लाह गरिएको छ। सायद उनले चाँडै सल्यक्रिया गर्नेछन्। उनी करिब चार हप्ता मैदान बाहिर रहनेछन्।’
‘यसले ठुलो झट्का दिएको छ। उनी टिम बाहिर छन्। स्कट समेत घाईते छन्। उनीपनि केही महिना मैदान बाहिर रहनेछन्।’ उनले भने।
पोग्बाले यस सिजन मात्र ८ खेलमा यस सिजन देखिएका छन्।
पोग्बा अनुपस्थित रहेको खेलमा युनाईटेड आर्सनलसंग २–० ले पराजित भएको थियो। एजेन्सी














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











