पर्सा, पुस,१६ ।
शीतलहर र जाडोको कारण यो वर्ष पर्सामा आगो ताप्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुने जिराभवानी गाउँपालिका १ भवानीपुरकी २६ वर्षीय शान्ति देवी रहेकी छन्।
मंसिर ३० गतेबाट मध्य तराईमा बढेको अत्याधिक चिसोमा आगो ताप्ने क्रममा शान्ति देवीको कपडाबाट आगो सल्किँदा जलेर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा मृत्यु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बतए। उनी पुस ३ गते घरमा आगो ताप्ने क्रममा जलेर शक्त घाइते भएकी थिइन्।
गएराति ८ बजे काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा शान्तिको मृत्यु भएको हो। प्रहरीका अनुसार शान्तिले लगाएको साडीमा आगोले भेट्दा शान्तिको कम्बर मुनीको प्रायः सबैभाग जलेको थियो।
वीरगन्जको नारायणी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएकोमा उपचारको क्रममा गएराति शान्ति देवीको त्यहीँ मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता वीरेन्द्र शाहीले बताए।