सञ्जय चौधरी,चितवन, पुस, १६।
पूर्वी चितवनको खैरहनीमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म खिचरा महोत्सव आयोजना गरिएको छ। थारु समुदायको महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आईरहेको खिचरा महोत्सवको सातौ संस्करण यसबर्ष पनि हुन लागेको हो। पूर्वी चितवनको खैरहनी नगरपालिका–५,गौचरनमा हुन लागेको महोत्सवको तयारी तिब्र पारिएको महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए। यसवर्षको महोत्सवलाई विशेष बनाउन थारु संस्कृतिसंग जोडिएका कार्यक्रमहरुलाई बिशेष जोड दिइएको चौधरीले बताए। चितवन जिल्लामा आदिम कालदेखि आदिवासी थारु समुदायको वसोवास रहेको क्षेत्रमा हुन लागेको महोत्सवले बिशेष महत्व र अर्थ राख्ने उनले बताए।
यसपटकको महोत्सवमा थारु संग्राहलय सचिवालयको अवलोकन गर्न पाईने छ। संग्राहलयमा थारु संस्कृति झल्किने गाडा, परेवाको खोर, ढिकी, जातो,हलो,माछा मार्ने ढडिया लगाएतका पुराना सामाग्री अवलोकन गर्न पाईनेछ। साथै घोघीं, चिचर, माछा, हाँसको मासु लगाएतका खानाका परिकार संगै विभिन्न प्रतियोगितात्मक खेलहरु आयोजना गरिएको छ। त्यस्तै महोत्सवमा बाल उद्यान, कृषि परिसर, अटो परिसरलगायतका स्टलहरु रहनेछन्। महोत्सवमा १ सय ५० स्टल रहने र करिब डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ।
यस्तै थारु लगाएत अन्य साँस्कृतिक कार्यक्रमलाई पनि यसवर्ष विशेष जोड दिईएको छ। यसवर्ष राष्ट्रिय तथा स्थानिय कलाकाहरुको विशेष प्रस्तुत रहने छ। साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिनुभयो। यसवर्ष पनि स्टेजमै विभिन्न जातजातिको सँस्कृति झल्कने नृत्य, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुत हुने भएको छ। महोत्सवमा गायक दीपक बज्राचार्यसंगै रिदम व्याण्डको विशेष प्रस्तुत हुनेछ। महोत्सव थारु कल्याणकाररिणी सभा क्षेत्र नम्बर ७ खैरहनी चितवनले आयोजना गरेको हो।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











