डडेल्धुरा,पुस, १६ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोद हुन कसैले रोक्न नसक्ने बताएका छन्।
बुधबार बिहान प्रेस संगठन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारले एमसिसीको फाइल संसदमा पेश गर्ने र संसदबाट कसैको रोकटोकबिना पास हुने दाबीसमेत गरेका छन्।
उनले भने, ‘कसैले चाहेर पनि अब एमसिसी फेल हुँदैन, सरकारले संसदमा पेश गर्छ सिधै पास हुन्छ।’ उनले एमसिसी निश्चित मापदण्ड पूरा गरेपछि मात्र लागूहुने भएकोले एमसिसीलाई राजनीतिक मुद्दा बनाउन नहुने आग्रह गरे। ‘यसका केही आधारहरु तयार गरिएछन्। सुशाशन, मानव अधिकार, प्रजातन्त्रिक मुलुकमा मात्र यो परियोजना दिइन्छ,’ मन्त्री बाँस्कोटाले भने, ‘मलाई लाग्छ दक्षिण एसियमा श्रीलंका र नेपालले मात्र पाएका छन्। संसारका १०–१५ वटा देशले मात्रै पाएका छन्।’
नेपाललेसन् २०११ को डिसेम्बरमा उक्त मापदण्ड पूरा गरेको उनको भनाइ छ। मन्त्री बाँस्कोटाले एमसिसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गरे। उनले यी दुवै विषयलाई मिसाएर विवाद गरेर भ्रम सिर्जना नगर्न पनि आग्रह गरे। यदि एमसीसीबारे कसैलाई भ्रम भए त्यसबारे छलफल गर्न तयार रहेको प्रष्ट्याए।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











