काठमाडौं, ०२ पुस। मङ्गलबार सुधार देखिएको धितोपत्र बजार बुधबार फेरि ओरालो लागेको छ। नेपाल स्टक एक्स्चेञ्जका अनुसार बुधबार धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक ३ दशमलव ३० अङ्कले घटेर एक हजार १५२ दशमलव ०७ तथा सेन्सेटिभ परिसूचक ० दशमलव ८० अङ्कले घटेर २५२ दशमलव ४७ मा पुगेको छ।
परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ। बुधबार कूल १६५ कम्पनीका नौलाख ४७ हजार ८५३ कित्ता शेयर रु २९ करोड ४७ लाख नौहजार ८५८ मा खरिद बिक्री भयो। कारोबार भएका कूल १२ उप–समूहमध्ये तीन उप–समूहको मात्र शेयर उकालो लागेको छ।
व्यापार २० दशमलव १९, विकास बैंक २ दशमलव ०५ र अन्य उप–समूहको शेयर ० दशमलव ६८ अङ्कले बढेको छ। बैंकिङ १ दशमलव ७४, होटल ४३ दशमलव ०७, जलविद्युत् ७ दशमलव ३९, वित्त १ दशमलव ३१, निर्जीवन बीमा ३७ दशमलव ७३, उत्पादन ११ दशमलव ७७, माइक्रोफाइनान्स ८ दशमलव १८, जीवन बीमा २२ दशमलव ३७ र सामूहिक लगानी कोषको शेयर ० दशमलव ०२ अङ्कले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा एनएमबी बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको शेयर रु चार करोड ९० लाख २३ हजार २३५ मा खरीद बिक्री भयो। यस्तै नेपाल बैंक लिमिटेड रु एक करोड ६२ लाख ११ हजार ४४६, नविल बैंक लिमिटेड रु एक करोड १४ लाख १० हजार ६२७, साल्ट ट्रेडिङ कर्पोरेशन रु एक करोड १२ लाख ८१ हजार २०२ र नेपाल लाइफ इस्योरेन्सको शेयर रु ८७ लाख ४० हजार २८३ मा खरीद बिक्री भयो।
समग्र परिसूचक घटे पनि विशाल बजार कम्पनीका लगानीकर्ताले ९।९९ प्रतिशतले कमाए। यस्तै नेपाल फाइनान्स ९ दशमलव ५६, दिव्यश्वरी हाइड्रोपावर ९ दशमलव २६, कालिका पावर ४ दशमलव ९४, समिट लघुवित्त वित्तीय संस्था ३ दशमलव ८६ र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले ३ दशमलव ६४ प्रतिशतले कमाए।
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव ६९, सिभिल लघुवित्त वित्तीय संस्था ६ दशमल ०२, सिजर्नी पावर डेभलपमेन्ट ५ दशमल २०, वेष्ट फाइनान्स कम्पनी ४ दशमलव ५४, आइएमई जनरल इन्स्योरेन्स ३ दशमलव ९० र पाँचथर पावर कम्पान्टका शेयरधनीले ३ दशमलव ७० प्रतिशतले गुमाए। – रासस