काठमाडौं, २५ भदौ। गत बुधबार सिंगापुरबाट दोस्रोपटक स्वास्थ्य जाँच गराएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका छन्। मुटको स्वास्थ्य जाँच गर्न त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन्।
गत वर्ष पनि प्रधानमन्त्री ओलीले त्यहाँ भर्ना भएर मुटुको उपचार गराएका थिए। त्यसकै फलोअपका लागि ओली बुधबार अस्पताल गएको उनको सचिवालयले जनाएको छ। १० वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई समयसमयमा स्वास्थ्य परीक्षण गराइरहनुपर्ने हुँदा बुधबार त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।
Facebook Comments