चितवन, २५ भदौ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश पक्राउ परेका छन्। उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन्। उक्त आन्दोलनमा प्रकाश चन्दले नेतृत्व गर्दै आएका थिए। सोही क्रममा उनी पक्राउ परेका हुन्।
प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ। उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments