चितवन, १५ भदौ। कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ चितवनको अध्यक्षमा सन्तोषजनक भुसाल चयन भएका छन्। शनिबार भरतपुरमा सम्पन्न १४औं साधारण सभा तथा सातौं अधिवेशनबाट भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
कार्यसमितिको उपाध्यक्षमा दिलीपकुमार तामाङ र सचिवमा टेकलाल भुसाल चुनिएका छन्। आगामी २ वर्षका लागि चयन भएको नयाँ कार्यसमितिको कोषाध्यक्षमा रुपक नेपाल र सह–सचिवमा विपी अधिकारी चयन भएका हुन्।
यस्तै कार्यसमिति सदस्यहरूमा भने विनोद अनुज, अनिता भुसाल, प्रदीप महतो, कृष्ण पोखरेल, मधु चापागाईं, भिम सापकोटा, दिनेश पण्डित, असिम ढुंगाना र गोविन्द बास्तोला चयन भएका छन्।
नयाँ कार्यसमितिको सचिवको जिम्मेवारी पाएका टेकलाल भुसाल र कार्यसमिति सदस्यको जिम्मेवारी पाएका विनोद अनुज लगातार न्युज डटकमका प्रवर्द्धक हुन्।
अधिवेशन अघिको खुलासत्रमा पूर्व कार्यसमितीका सचिव सन्तोषजनक भुषालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिलिपकुमार तामाङ्गले वित्तिय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो साधारणसभा अध्यक्ष भानु शर्माको अध्यक्षतामा बसेको थियो भने क्यान महासंघका केन्द्रित सह-कोषाध्यक्ष शेखरनाथ दुलाल प्रमुख अतिथी हुनुहुन्थ्यो।