काठमाडौं, १५ साउन। सिद्धार्थ बैंकले काठमाडौंको धापासीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो। बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १६० वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टर सहित १०० शाखारहित बैंकिङ्ग सेवा, १७३ एटिएम र १ हजार ३०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।