चितवन, ०६ साउन। विगत एक दशकदेखि सेवा सुरू गरेको क्लासिक टेक प्रालिले दसौँ वार्षिकोत्सवको अवसरमा सहुलियत दरमा इन्टरनेट प्रदान गर्ने भएको छ। अबदेखि सेवाग्राहीले प्रतिमहिना ४७१ रूपैयाँका दरमा ५० एमबिपिएसको गतिमा इन्टरनेट चलाउन पाइने सुविधाको व्यवस्था गरिएको प्रालिले जनाएको छ। एक वर्षे सेवाको खरिदमा १० महिना बोनसको योजना समेत रहेको प्रालिले जनाएको छ।
विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै आएको प्रालिले दाबी गरेको छ। देशको ७७ वटै जिल्लामा नेटवर्क बिस्तार गरि सकेको प्रालिले २१ वटाभन्दा बढी शाखाको स्थापना गरि करिब ९०० दक्ष जनशक्तिमार्फत निरन्तर सेवा प्रदान गरिरहेको जनाएको छ।
यस कम्पनीसँग हाल १०० जिबिपिएसको फाइबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरूबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भितर्याएको छ। यसका साथै गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरू आफैले होस्ट गरेको छ। सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको प्रालिले जनाएको छ।