हेटौंडा, ०१ असार। प्रदेश नं ३ सरकारले आइतबार आर्थिक वर्ष २०७६÷०७७को लागि बजेट प्रस्तुत गरेको छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले कूल ४७ अर्ब ६० करोड ८० लाख ८९ हजार रूपैयाँ बजेट प्रस्तुत गरेका हुन्।
उक्त बजेटमध्ये चालूगततर्फ २४ अर्ब ४० करोड ७९ लाख रूपैयाँ, पूँजीगततर्फ २२ अर्ब ८३ करोड ८९ लाख ९६ हजार रूपैयाँ र वित्तीयतर्फ ३० करोडको बजेट छुट्याइएको मन्त्री ढुंगेलले जानकारी दिए।
उक्त बजेटले प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजना कृषि उत्पादन, पर्यटन, अस्पतालको स्तरोन्नति, बाँझो जग्गामा सामूहिक खेती गर्ने अभियानलाई उच्च प्राथमिकता दिइएको उनले बताए।
Facebook Comments