काठमाडौँ, २० जेठ। ‘नेपालका लागि नेपाली’ नामक संस्थाका पदाधिकारी तथा अभियान्ताहरु ज्ञानेन्द्रबहादुर शाहीसहित ९ जनालाई प्रहरीद्वारा सुर्खेत जिल्लाबाट पक्राउ गरि कुटपिट गरि घाइते बनाएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीको कुटपिटबाट घाइते भई वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत ज्ञानेन्द्रबहादुर शाहीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको टोलीले यही जेठ १७ गते अनुगमन गरेको थियो। शाहीलाई पक्राउ पूर्जि बिना नै पक्राउ गरि प्रहरी हिरासतमै कुटपिट गरेकोले खुट्टामा चोट लागेको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको पनि आयोगले जनाएको छ।
विज्ञप्ति हेर्नुहोस्:

‘शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने अधिकारको सम्मान गर्न, प्रहरीको यातनाका कारण घाइते भएका शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न, घरपरिवारलाई भेटघाटको व्यवस्था मिलाउन आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगका सचिव वेद भट्टराईद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ।