काठमाडौं, ०६ जेठ। पूर्वएआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज सिंह शाहीको घरमा चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ। सिन्धुपाल्चोकको मेलम्ची घर भएका काले भनिने विष्णु तामाङलाई इन्काउन्टर गरेर पक्राउ गरेको महानगरिय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिए।
‘टोखामा रहेको सूचना पाएपछि पक्राउन गर्न पुगेको प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाउनुप¥यो,’ उनले भने, प्रहरीको गोली लागेर घाइते भएपछि उनलाई पक्राउ गरेको हो।’ प्रहरीका अनुसार सर्वाधिक खोजीको सूचीमा रहेका तामाङको दायाँ खुट्टाको घुँडा मुनि गोली लागेको छ।
अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको महाशाखा प्रमुख थापाले जानकारी दिए। ६ वर्ष कैद भुक्तान गरेर २०७२ मा थुनामुक्त भएका तामाङ जेलबाट निस्किएपछि पनि आपराधिक गतिविधिमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ। अहिले पनि उनीमाथि ६ वटा आपराधिक घटनामा संलग्न रहेको पाइएको छ।