चितवन, ०३ जेठ। उपचारका क्रममा भरतपुर कारागारमा रहेकी एक कैदीको मृत्यु भएको छ। बारा डुमरवाना–७ की ३५ वर्षीया सरिता थिङको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
जिउ मास्ने, बेच्ने मुद्दामा १० वर्षदेखि काठमाडौँ जिल्ला कारागारमा कैद सजाय भोग्दै आएकी थिङ क्यान्सर रोगबाट पीडित थिइन्। भरतपुर कारागारका जेलर कमलप्रसाद काफ्लेका अनुसार थिङको १० महिना मात्रै कैद सजायँ बाँकी थियो। जेलर काफ्लेका अनुसार पीडित थिङलाई १५ दिन अघिमात्र चितवन ल्याइएको हो।
थिङको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ।भरतपुर कारागारमा अझै पनि आठ जना क्यान्सर रोगका बिरामीले कैद सजाय भोगिरहेका छन्।
Facebook Comments