कलात, ०२ जेठ। अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा बुधबार रातभर सुरक्षा अधिकारी र
तालिवान लडाकू समूहबीच भएको दोहोरो झडपमा परी पाँच सुरक्षा अधिकारीको ज्यान गएको छ।
झडपमा परी अन्य दश तालिवान लडाकू मारिएका स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन्।
बुधबार अबेर राति शिन्की जिल्लाको सयावारा इलाकामा रहेको प्रहरीचौकीमा सशस्त्र तालिवान लडाकूले बन्दुक, रकेट र ग्रिनेड आक्रमण गरेका जिल्ला प्रमुख अमिर जानले जनाएको। प्रान्तीय राजधानी कलात सहरको दक्षिणमा पर्ने यस जिल्लामा सुरक्षा अधिकारी र आइएस लडाकू समूहबीच भएको यस झडपमा चार प्रहरी अधिकारी र एक सैनिकको मृत्यु भएको जानले बताएका छन्।
यस झपडमा परी तीन प्रहरी र १२ तालिबान लडाकू घाइते भएका सरकारी स्रोतले जनाएको छ। गत अप्रिलमा तालिवान लडाकू समूहले सरकारी कर्मचारी र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण सुरु गरेयता अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये २५ वटामा अझै तालिवान लडाकू समूह र सुरक्षा अधिकारीबीच भिडन्त जारी रहेको छ। रासस/सिन्हवा














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











