चितवन, ३१ बैशाख। पूर्व गृहराज्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले हरेक व्यवसायमा बिमा अनिवार्य भइसकेकोले अबका दिनमा त्यसलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताएका छन्। मंगलबार ‘अजोड इन्स्योरेन्स लिमिटेड’को नारायणगढ शाखाको औपचारिक उद्घाटन गर्दै नेता बानियाँले आफू सुरक्षित रहनको लागि पनि बिमा अनिवार्य भइसकेको बताएका हुन्। ‘तर, बिमा कम्पनीहरूले सेवाग्राहीको समस्या नबुझ्दा बिमा कम्पनीप्रति सेवाग्राही सन्तुष्ट छैनन्’ उनले भने, ‘यसको लागि बिमा कम्पनीले सरकारसँग छलफल गरेर नीति परिवर्तन गर्नु आवश्यक छ।’
प्रकृया एकदमै झन्झटिलो भएकोले सेवा लिने बेलामा उल्टै पीडित बन्नुपर्ने अवस्था आउने उनको भनाइ छ। इन्स्योरेन्स कम्पनीले भने सबैको सुझावलाई आत्मसात् गर्दै सकभर फास्ट ट्र्याकमार्फत सेवा दिने योजनामा रहेको बताएको छ। नारायणगढबाट विगत एकवर्षदेखि सेवा दिँदै आएको इन्स्योरेन्स कम्पनी कृषि, पर्यटन, उद्योगलगायतका विभिन्न कम्पनीहरूको साथ र सहयोगबाट नारायणगढसम्म आइपुगेको नारायणगढ शाखा प्रमुख अच्युतप्रसाद रिजालले बताए। उनले भने, ‘हामीले हरेक व्यक्तिबाट आएको प्रतिकृयालाई सुझावको रुपमा लिएका छौँ। त्यसैले आगामी दिनमा त्यस्ता समस्याको मुख्य जड के हो भन्ने विषयलाई बहस र छलफलको माध्यमबाट बहस गर्दै सेवा सुविधालाई चुस्त दुरुस्त बनाउने विषयमा हामी सतर्क छौँ।’
कम्पनीका मार्केटिङ अफिसर दिनानाथ पराजुलीले भने सेवाग्राहीको सहजता र सुविधाको लागि नारायणगढमा शाखा कार्यालय सञ्चालनमा ल्याएको बताए। चितवनमा विभिन्न खालका व्यवसाय फस्टाउँदै गएकोले उनीहरुको सहजतालाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको उनको भनाइ छ। बिमामार्फत सुरक्षित रहनको लागि विमा कम्पनीको आवश्यकता महसुस भएर संस्था सञ्चालन गरिएको उनले बताए।
‘तर, बिमा कम्पनीहरूले सेवाग्राहीको समस्या नबुझ्दा बिमा कम्पनीप्रति सेवाग्राही सन्तुष्ट छैनन्’ उनले भने, ‘यसको लागि बिमा कम्पनीले सरकारसँग छलफल गरेर नीति परिवर्तन गर्नु आवश्यक छ।’
छोटो समयमै ५ वटा क्षेत्रीय कार्यालय र चारवटा कृषि तथा पशु बिमा शाखा सहित २३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको संस्थाका सञ्चालक राजेन्द्रप्रसाद कायस्थले जानकारी दिए। यही आर्थिक वर्षभित्र चितवनको रत्ननगर, दमक, सिमरा, टिकापुर र पश्चिम रुकुममा समेत शाखा कार्यालय खोल्ने तयारी भइरहेको उनको भनाइ छ। भने चितवन समग्र पहाड र मधेशलाई जोड्ने मुख्य विन्दु भएकोले पनि व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने विश्वासका साथ चितवनमा शाखा विस्तार गरेको बताए। कार्यक्रममा जिल्लाभरका उद्योगी तथा व्यवसायीहरूको समेत उपस्थिति रहेको थियो।