बाँके, ३० बैशाख। सिद्धार्थ बैंकले बाँकेको खजुरामा शाखा कार्यालय स्थापना गरेको छ। बैंकले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै आइतबार बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिमार्फत शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो। सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित १५३ वटा शाखा, १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटिएम र एक हजार ३०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
Facebook Comments