पाँचथर, ३० वैशाख। पाँचथरमा एक किशोरीको घाँटी रेटेर हत्या भएको छ। हिलिहाङ–४, पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको आइतबार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलका
अनुसार शीतलको शव घाँटी काटिएको अवस्थामा फेला परेको हो। हत्या कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। ‘घटनास्थलबाट शव नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ’, उनले भने, ‘घटनास्थलबाट प्रहरीले एक थान मोबाइल फोनसमेत फेला पारेको छ।’ शीतलको शव अहिले पोस्टमार्टका लागि जिल्ला अस्पताल, पाँचथरमा राखिएको छ।