धनुषा, बैशाख २४। धनुषाको मिथिला नगरपालिकामा हत्या भएको अवस्थामा बालकको शव फेला परेको छ। मिथिला नगरपालिका–६ ढल्केवरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यनको शव भेटिएको प्रहरीले जनाएको छ। परिवारका अनुसार सोमबारदेखि आर्यन बेपत्ता भएका थिए ।
राति अबेरसम्म खोज्दा पनि फेला नपरेका बालकको मंगलबार बिहान घर नजिकैको बारीमा निर्ममतापूर्वक हत्या भएको हवस्थामा फेला परेको धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।
घरमै खेलिरहेका बालक हराएपछि परिवारले प्रहरीमा खबर गरेका थिए। इलाका प्रहरी कार्यालय ढल्केबरले रातिदेखि नै खोजी गरिए पनि मंगलबार बिहानमात्रै मृत अवस्थामा बालकको शव भेटिएको प्रहरीले जनाएको छ। धनुषा प्रहरी प्रमुख खनालका अनुसार घटना कस्ले गरायो र किन गरायो भन्नेबारे पत्ता लागेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।