एजेन्सी, बैशाख २३ ।
ब्रुनाइमा समलिंगी यौन सम्बन्धमा रहेकालाई ढुंगाले हानेर मृत्युदण्ड दिने कानुन लागू नहुने भएको छ । यहीवर्ष अप्रिल महिनामा ब्रुनाइमा समलिंगी यौन सम्बन्ध रहेको पत्ता लागेमा ढुंगाले हानेर मार्ने कानुन बनाइएको थियो ।
यसका साथै गएको अप्रिलदेखि लागू भएको नयाँ कानुनमा चोरीको आरोप सावित भएपछि दोषीको हात अथवा खुट्टा शरिरबाट अलग गरिने कडा कानुन पनि ल्याइएको छ । ब्रुनाइमा रक्सी बेच्न पहिलेदेखि नै प्रतिबन्ध छ ।
समलिंगी सम्बन्धमा बनेको यो कानुनको विश्वभर नै आलोचना भएको थियो । यसबारेमा अधिकारकर्मी र अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना भएको थियो ।
एलजीबीटीक्यूआई (लेस्बियन, गे, बाइसेक्सुअल, क्वीयर, इन्टरसेक्सुअल) समुदायको लागि काम गर्नेवाला मानवअधिकार कार्यकर्ताले ब्रुनाइको यो फैसलाको कडा निन्दा गरेको थियो । उनीहरुले यो फैसला अमानवीय भएको बताउँदै आएका थिए ।
अन्तर्राष्ट्रिय स्तरमा कडा आलोचना भएपछि ब्रुनाइका सुल्तान हसनल बोल्कीहाले आइतबार टेलिभिजनबाट देशवासीका नाममा सम्बोधन गर्दै देशमा समलिंगी सम्बन्धमा कसैलाई मृत्युदण्ड नदिने बताएका हुन् । यद्यपि ब्रुनाइमा सन् १९५७ देखि विद्यमान कानुनमा कतिपय विषयलाई लिएर मृत्युदण्डको व्यवस्था रहेको छ ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











