बनेपा, २२ वैशाख। इन्स्टिच्युट अफ अटोमोटिभ इञ्जिनीयरिङ (एआइई)ले काभ्रेपलाञ्चोकको धुलिखेलमा यही वैशाख २७ र २८ गेत राष्ट्रिय अटोमोटिभ इञ्जिनीयरिङ सम्मेलन गर्ने भएको छ ।
इन्स्टिच्युट अफ अटोमोटिभ इञ्जिनीयरिङ (एआइई) र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा हुन लागेको सो सम्मेलनमा नवीनता, नेतृत्व र सुरक्षित गतिशिलता र रोबोटिक्स विषयमा ३२ जनाको विभिन्न २२ विषयमा प्रस्तुती रहने आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् जस्ता शिक्षण संस्थाले अवलम्बन गरेका पाठ्यक्रम उद्योगमैत्री छन की छैनन् तथा अटोमोबाइल्समा भएका यी परिवर्तनलाई नेपाली अटोमोबाइल्स उद्योगले आत्मसात गर्नु जरुरी छ भन्ने विषयलाई समेटेर सो कार्यक्रममा विश्वविद्यालयमा भएका खोजका नतिजा, विभिन्न अटोमोबाइल्स कम्पनीमा भएका प्रविधिमा परिवर्तन, अटोमोबाइल्स क्षेत्रमा काम गर्ने विज्ञको अनुभव एक आपसमा आदानप्रदान गर्ने मुख्य उद्देश्य राखेर सम्मेलन गर्न लागिएको इन्स्टिच्युट अफ अटोमोटिभ इञ्जिनीयरिङका उपाध्यक्ष सुशील तण्डुकारले बताउनुभयो ।
इन्स्टिच्युट अफ अटोमोटिभ इञ्जिनीयरिङ (एआइई)ले काभ्रेपलाञ्चोकको धुलिखेलमा यही वैशाख २७ र २८ गेत राष्ट्रिय अटोमोटिभ इञ्जिनीयरिङ सम्मेलन गर्ने भएको छ । इन्स्टिच्युट अफ अटोमोटिभ इञ्जिनीयरिङ (एआइई) र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा हुन लागेको सो सम्मेलनमा नवीनता, नेतृत्व र सुरक्षित गतिशिलता र रोबोटिक्स विषयमा ३२ जनाको विभिन्न २२ विषयमा प्रस्तुती रहने आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् जस्ता शिक्षण संस्थाले अवलम्बन गरेका पाठ्यक्रम उद्योगमैत्री छन की छैनन् तथा अटोमोबाइल्समा भएका यी परिवर्तनलाई नेपाली अटोमोबाइल्स उद्योगले आत्मसात गर्नु जरmरी छ भन्ने विषयलाई समेटेर सो कार्यक्रममा विश्वविद्यालयमा भएका खोजका नतिजा, विभिन्न अटोमोबाइल्स कम्पनीमा भएका प्रविधिमा परिवर्तन, अटोमोबाइल्स क्षेत्रमा काम गर्ने विज्ञको अनुभव एक आपसमा आदानप्रदान गर्ने मुख्य उद्देश्य राखेर सम्मेलन गर्न लागिएको इन्स्टिच्युट अफ अटोमोटिभ इञ्जिनीयरिङका उपाध्यक्ष सुशील तण्डुकारले बताउनुभयो । -रासस