काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको निगमले घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रूपैयाँका दरले मूल्य घटाएको हो। हवाइ इन्धनमा भने २० रूपैयाँ घटाएको छ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ।
Facebook Comments



























