चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिकाको वडा नं.२९ मा पर्ने केराबारीस्थित मुग्लिन–नारायणगढ सडकमा भएको दुर्घटनामा तनहुँ जिल्ला भानु नगरपालिका वडा नं.८ बस्ने वर्ष ३८ का रञ्जीवबहादुर रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
साँझ करिब ६ बजेको समयमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख ३३१२ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००३ प ६५४७ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका रायमाझीलाई उपचारको लागि भरतपुर पठाइएकोमा साँझ करिब ७ः५५ बजेको समयमा मृत्यु भएको उनले बताए। मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालक तथा मोटरसाइकल प्रहरी नियन्त्रणमा छ।


























