मकवानपुर । हेटौँडामा भइरहेकाे चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको फाइनल खेल साेमबार हुँदैछ। प्रतियोगिताको उपाधी लागि घरेलु टोली विजय युथ क्लब हेटाैँडा र विभागीय टाेली नेपाल आर्मी क्लब भिड्दै छन्। यस अघिको तेस्रो संस्करणको मकवानपुर गोल्डकपमा पनि आर्मी र विजय युथबीच नै फाइनल भिडन्त भएको थियो। फाइनलमा आर्मी बिजेता बनेको थियो भने विजय युथ उपबिजेता बनेको थियो।
हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने दुई टोलीबीचको खेल दिउँसो ३ बजेर ३० मिनेटमा हुनेछ। विजय युथ क्लब समुह ‘ए’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो। आर्मी समूह ‘बी’को टोली बिजेता बन्दै फाइनल प्रवेश गरेको छ। विजय युथले नव जनजागृती युवा क्लब सिमरा र नेपाल पुलिसलाई पराजित गरेको थियो।
यस्तै आर्मीले नेपाल एपीएफ र क्यामरुनी टोली एभिनियर एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो। प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै विधागत उत्कृष्ट खेलाडीले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले रोयल इनफिल्ड बाइक प्राप्त गर्नेछ। आइतबार जेठ २९ गते भएकाे प्रि-म्याच कन्फ्रेन्समा प्रतियोगिताको उपाधी हात पार्ने योजनासहित आफ्नो टिम मैदान उक्लने नेपाल आर्मीका प्रशिक्षक नवीन न्यौपानेले दाबी गरेका छन्।
‘घरेलु टोलीसँग खेल्न पाउँदा धेरै खुशी लागेको छ,’ न्याैपानेले भने, ‘घरेलु टोलीको दर्शकको मन जितेर उपाधी हात पार्छाैँ।’ उनले फाइनल खेलमा आफ्नो टिममा नयाँ खेलाडी थप नहुने जानकारी दिए। आर्मीका कप्तान भरत खवासले फाइनलसम्म पुग्दा खुशी लागेको र फाइनल खेलका लागि पुरा तयारी रहेको बताए। घरेलु टोलीसँग खेल्दा केही असहज हुने र घरेलु टोलीलाई नै सर्मथन, हौसला मिल्ने उनको भनाइ छ।
कप्तान खवासले घरेलु दर्शकलाई मैदान आएर मनपर्ने टिमलाई हौसला प्रदान गरेर माया गरिदिन आग्रह समेत गरेका छन् यस्तै विजय युथ क्लबका कप्तान अशोक बरालले उपाधी जित्ने गरी खेल्ने बताए। आफुहरु भन्दा सिनियर टिमले भरिएको आर्मीसँग खेल्न भने केही असहज हुने उनले बताए।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











