चितवन । भरतपुर महानगरपालिकाको मतगणना चल्दै गर्दा पाँच दलीय गठबन्धनकी उमेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन्। महानगरको ६ वटा वडाको गणना सकिँदै गर्दा वडा नम्बर ६ बाट मात्रै १३३९ मत बढी ल्याउँदै मतान्तर फराकिलो बनाउन सफल भएकी छन्। हालसम्मको गणना हेर्दा रेनु दाहाल एमालेका विजय सुवेदीभन्दा रेनु दाहालले १७१२ मत बढी ल्याएकी छन्। वडा नम्बर ६ मा भने नेपाली कांग्रेसका उमेदवारले जित हासिल गरेका छन्।
हालसम्म २७ हजार ४३८ मत गणना हुँदा रेनुले ९ हजार ९७० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ८ हजार २५८ मत पाएका छन्। स्वतन्त्रका उमेदवार जगन्नाथ पौडेलले भने ४ हजार ३१५ मत प्राप्त गर्दै दाहाल र सुवेदीसँग पछिपछि लागिरहेका छन्। उपमेयरमा भने शुरुवाती चरणदेखि नै कांग्रेसका चित्रसेन अधिकारीले निरन्तर अग्रता लिइरहेका छन्। उनले हालसम्ममा ११ हजार ९५६ मत पाइसकेका छन् भने एमालेसँगको साझा उमेदवार बनेकी राप्रपाकी हिमला गुरुङले जम्मा ६ हजार ७४२ मत प्राप्त गरेकी छन्।