काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले मतदाताको अभिमतमाथि अवमूल्यन गरेको आरोप लगाएका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘मतदानसम्म ठिक, मतगणनाको प्रारम्भमा पनि ठिक। तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्नेसमेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।’

Facebook Comments


























