चितवन, चैत्र ७ । इन्नरव्हील क्लब अफ नारायणीको आयोजनामा निशुल्क पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परिक्षण कार्यक्रम सम्पन्न भएको छ।
इन्नरव्हील क्लब अफ नारायणीको आयोजनामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर कार्यक्रम चिरसेन आधारभुत बिधालय भरत्पुर महानगर १० मा सम्पन्न भएको हो। शिविरमा ८० जनाको पाठेघरको मुखको क्यान्सर र ८६ जनाको स्तन क्यान्सर परिक्षण गरी जम्मा ८६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।
विद्यालय ब्यबस्थापन समिति अध्यक्ष राम प्रसाद घले प्रमुख अतिथी रहेकाे कार्यक्रममा चित्र सेन विद्यालयका प्राध्यानाध्यापक प्रेम गौली, विद्यालय व्यवस्थापन समितीका सदस्य हरिस्चन्द सुबेदि, वडा न १० का जन प्रतिनिधि नरिमाया तामाङ लगाएतले बोलेका थिए।
क्लबकी सदस्य बिष्णु माया अधिकारीले सम्योजक तथा स्पोन्सर गरेको कार्यक्रम क्लब कि सचिब पबित्रा अधिकारीले सञ्चालन गरेकी थिइन्।
पाठेघरको मुखको समस्या भएका २० जनाको औसधि सहित उपचार गरिएको छ। पाठेघर तर्फ उच्च जोखिममा रहेका ३ जना बिरामी रहेकाछन्। स्तन क्यान्सर भएको ५ जनामा आशंका गरिएको छ। यस्तै, पाठेघरतर्फ ३ जना र स्तन क्यान्सरतर्फ ५ जनालाई उपचार तथा थप परीक्षणका लागि वी पी कोइराला मेमोरियल क्यान्सर अस्पताल बोलाइएको छ।
क्लबकी उपाध्यक्ष शान्ता पोख्रेलको अध्यक्षतामा भएको थियो।


























