सुनसरी, फागुन ३० । सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्र्षीय मोहम्मद फिरोज रहेका छन्।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो। सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका– ८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो।
फिरोज काठमाडौँमा घर बनाउने काममा संलग्न थिए। फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रमा खुलेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ। रासस
Facebook Comments


























