फागुन ३० । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ।
आइतबार राति भएको खेलमा इन्टरले टोरिनोसँग १-१ गोलको बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा एलेक्सिस सान्चेजले गोल गरेपछि इन्टर हारबाट जोगिएको हो।
त्यसअघि खेलको १२ औं मिनेटमा ग्लिसन ब्रेमेरले गोल गर्दै टोरिनोलाई सुरुआती अग्रता दिलाएका थिए। यस बराबरीसँगै इन्टर दोस्रो स्थानमा उक्लन असफल भएको छ।
इन्टरले २८ खेलमा ५९ अंक जोडेको छ। इन्टर तेस्रो स्थानमा रहेको छ। टोरिनो ३५ अंक जोडेर ११ औं स्थानमा रहेको छ।
Facebook Comments


























