चितवन, फागुन २८ । थारु पत्रकार संघ चितवनको अध्यक्षमा दिपेन्द्र चौधरी (दीपेश) चयन भएकाछन्। संघको आज (शनिबार) सम्पन्न चौँथो अधिवेशनबाट दिपेन्द्र चौधरी (दीपेश) काे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। संघको उपाध्यक्षमा संजय चौधरी, सचिवमा दीपेन्द्र चौधरी, सह–सचिवमा सिसम महतो र कोषाध्यक्षमा राकेश चौधरी चयन भएका छन्।
यस्तै संघको कार्यसमिति सदस्यहरुमा शिव महतो, अपेक्षा चौधरी, सबिता महतो, प्रमिला महतो, विन्दा महतो र निरज महतो सर्वसम्मत चयन भएका छन्।
थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरी प्रमुख अतिथी रहेको कार्यक्रममा थारु पत्रकार संघ नेपालका केन्द्रीय महासचिव सन्तकुमार चौधरी विशिष्ट अतिथी, पूर्व न्यायधिश नन्दलाल महतो, फोनिज र थारु पत्रकार संघका केन्द्रीय सदस्य राजु चौधरी, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो, पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरी, थारु पत्रकार संघ चितवनका निवर्तमान अध्यक्ष कारी महतो, फोनिज चितवनका अध्यक्ष रमेश राना मगर, गुरुङ पत्रकार संघ चितवनका अध्यक्ष तुलमान गुरुङ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, नेवा पत्रकार राष्ट्रिय दवु चितवनका अध्यक्ष कमलमान श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।
संघकी अध्यक्ष सुमित्रा महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।


























