चितवन । कालिका एफएमका समाचार प्रमुख विप्लव काफ्ले आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकाछन्।
उद्योग वाणिज्य संघ चितवनले काफ्लेलाई पुरस्कार प्रदान गरेको हो। उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुरस्कारको चेक हस्तान्तरण गरेका थिए। पुरस्कार राशी ५१ हजार रहेको छ।
संघले हरेक २ वर्षमा चितवनबाट आर्थिक विषयका समाचार लेख्दै आएका पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ। पत्रकार काफ्ले २०६५ सालदेखि पत्रकारितामा क्रियाशिल छन्।
रेडियो, टेलिभिजन, पत्रिका, अनलाइनमा उनी संवाददाता तथा समाचार संयोजकको भूमिकामा सक्रिय छन्। हाल उनी कालिका एफएमको न्यूज इन्चार्ज, कारोबार दैनिकको चितवन संवाददाता छन्।
उनी नेपाल पत्रकार महासंघ चितवनको कार्यसमिति सदस्य, नेपाल प्रेस युनियन चितवनको कोषाध्यक्ष समेत हुन्। माडी–१ का स्थायी बासिन्दा काफ्ले हाल भरतपुरलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय छन्। उनले चितवनका आर्थिक तथा विकास, समृद्धिबारे समाचारहरु लेख्दै आएकाछन्।


























