फागुन २८ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे अर्को हप्ता स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित हुने भएका छन्।
मार्काले फ्रेन्च स्टार एमबाप्पे अर्को हप्ता रियलमा अनुबन्धित हुने जनाएको छ। एमबाप्पे स्थानान्तरणका लागि पछिल्लो केहि दिन दुई क्लबबीच तीव्र छलफल भईरहेको मार्काले जनाएको छ।
मार्काले शुक्रबारसम्म एमबाप्पेको स्थानान्तरणले अन्तिम रुप लिने जनाएको छ। रियलका अध्यक्ष फ्लोरेन्टिनो परेज एमबाप्पे अनुबन्धका लागि धेरै प्रयास गरिरहेका छन्। तर, उनी सफल भईरहेका थिएनन् छ।
यसै हप्ता पीएसजी रियलसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरीसकेको छ। च्याम्पियन्स लिगबाट बाहिरिएपछि पीएसजी पनि एमबाप्पे बेच्न केहि लचिलो बनेको हो।
Facebook Comments


























