चितवन, फागुन २७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्।
यस्तै, ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ७ हजार ९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।
हाल देशभर ५ हजार २१२ जना सक्रिय संक्रमित रहेका छन्। २४ घण्टामा १ लाख २६ हजार १ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
Facebook Comments


























