काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि छलफल हुने भएको छ। आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकका सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएको छ।
यसअघिको प्रतिनिधिसभाकाके बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको थियो। ११ सदस्यीय महाभियोग सिफारिस समितिमा प्रमुख प्रतिपक्ष दलका नेकपा एमालेका मात्रै चार जना सांसद रहेका छन्।
महाभियोग सिफारिस समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य छन्। नेपाली काँग्रेसका मीनबहादुर विक र रामबहादुर विष्ट, नेकपा माओवादी केन्द्रकी यशोदा सुवेदी र रेखा शर्मा, नेकपा एकीकृत समाजवादीकी कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह रहेका छन्।


























