काठमाडौं, फागुन २२ । नेपाल राष्ट्र बैंकले सुनको आयातमा पनि काडाईं गरेको छ।
केन्द्रीय बैंकको निर्देशनअनुसार अब दैनिक १० केजी मात्र सुन आयात गर्न पाइने भएको छ। राष्ट्र बैंकले आइतबार उक्त व्यवस्था गरेको हो। यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था थियो। विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै राष्ट्र बैंकले उक्त निर्देशन जारी गरेको हो।
Facebook Comments


























