देवघाट, फागुन १६ । भिरबाट लडेर देवघाट गाउँपालिका-३ का वडा अध्यक्ष कृतिमान आलेको मृत्यु भएको छ । ४ दिन यता देखि हराई रहेका वडाअध्यक्ष आलेको शब आइतबार घर भन्दा माथी गोन्द्राङ्ग पाखा भन्ने भिरमा फेला परेको साराङघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले बताए।
वडा कार्यालयका सहायक अनिरुद्र काफ्लेका अनुसार बिहिवार बेलुका साढे ५ बजे कार्यालयको काम सकेर घर जान्छु भनी आले हिंडेक थिए। पार्टीको कामले म दमौली जानू छ, भरे आउदैंन होला भनेर बिहान हिंडेकोले त्यै दिन बेलुका खोजी भएन, पारिवारिक स्रोतले बताएको छ ।
शुक्रबार देखि खोजी कार्य सुरु गरेको कतै फेला नपरेको वडाका कार्यपालिका सदस्य यममाया गुरुङले जानकारी दिइन् । ३ दिन देखि खोजीको क्रममा वडाअध्यक्षको शब आइतबार अपरान्ह् ४ बजे गाउँलेहरुले फेला परेका हुन्। गाउँलेहरुले अध्यक्ष आलेको शब करिब ४०/५० मिटर भन्दा तल भिरमा निकालेका थिए।
नेपाली कंग्रेस देवघाट गाउँपालिका वडा नं ३ समितिको पुर्व सभापति समेत रहेका एक सरल र शान्त स्वभावका अति मिलनसर विकास प्रेमी व्यक्तित्व वडाअध्यक्ष कृतिमान आलेको निधनले ठुलै क्षती व्यहोर्नु परेको नेपाली कंग्रेस वडा नं.३ समिति सभापति गंगा बि .क ले बताए।
अहिले शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ। मृतक अध्यक्ष आलेको शोकमा आज गाउँपालिकामा बिदा दिईएको छ।


























