चितवन, फागुन १६ । भरतपुर महानगरपालिकाले महानगर भित्रका ६९२ विद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको छ। महानगर भित्रका ६७ वटा बिद्यालयका १ देखी ८ सम्मका लोपोन्मुख तथा अति सीमान्तकृत बालबालिकालाई प्रति बिद्यार्थी ३ हजारका दरले महानगरले छात्रवृत्ति प्रदान गरेको हो।
भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले आईतबार ११ वटा विद्यालयका २४० जना विद्यार्थीका हात हातमा सो रकम प्रदान गरेको छ भने बाकी विद्यालयका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्ति रकम बैक मार्फत बिद्यालयको खातामा पठाएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले बताए।
महानगर प्रमुख रेनु दाहाल उपप्रमुख पार्वती शाह ठकुरीको हातबाट ११ विद्यालयका २४० बिद्यार्थीलाई एकै दिन सो रकम हात हातमा हस्तान्तरण गरिएको हो। लोपउन्मुख तथा अति सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक विकासमा सहजता होस भन्ने उद्देश्यका साथ भरतपुर महानगरले नेपालमानै पहिलो पटक यति धेरै रकम नगद छात्रवृत्ति दिएको छ।
चेपाङका बालबालिकाले देशमा गणतन्त्र आएपछि पहिलो पटक यति धेरै नगद छात्रवृत्ति नेपालमानै पहिलो पटक भरतपुर महानगरले दिएको चेपाङ अभियान्ता तथा अभिभावक रामलाल प्रजाले बताए।
यति धेरै विद्यार्थीका लागि यति ठुलो रकम सहयोग गर्ने स्थानिय तह भरतपुर महानगर नेपालकै पहिलो स्थानिय तह भएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताए। यहाँका मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीको प्रयासका बाबजुत यो कामले सार्थकता पाएको पौडेल बताउँछन्। महानगरले शिक्षाको विकासका लागि महानगरको कुल बजेट बाट १५ प्रतिशत रकम शिक्षामा लगानी गरेको उनले जानकारी दिए।
भरतपुर महानगरले महानगरभित्रको शैक्षिक विकासमा धेरै ठुलो रकम लगानी गरेको महानगर प्रमुख रेनु दाहालले बताईन्। विकट मानिएको वडा नम्वर २९ को पहाडका विद्यालय देखि महानगरका अरु वडाका सबै विद्यालयका विद्यार्थीका लागि आबश्यकताका आधारमा शैक्षिक बिकास गरेको उनको भनाई छ।
बिद्यालयको भौतिक पुर्वाधार विकास , पाठ्य सामाग्रीको प्रर्वदन देखी विद्यार्थीका लागि छात्रवृत्ति, दिवा खाजा कायक्रम, स्कुल बस बितरण, साईकल बितरण लगाएत अरु धेरै भौतिक तथा आर्थीक सहयोग गरेको दाहालको भनाई छ।


























