फागुन ९ । हिजो आइतवार ३९ अङ्कले घटेको शेयर बजार आज सोमवार भने बढेको छ। शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १८ दशमलव ५१ विन्दुमा पुगेको छ।
आज सबै समूहको शेयर बढेको छ। आज दुई सय २५ कम्पनीका ४९ लाख ९२ हजार कित्ता शेयर दुई अर्ब ९९ करोड ९७ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २६ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो।
आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र गुराँस लघुवित्त कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ। कालिका लघुवित्त कम्पनीको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ।
Facebook Comments


























