फागुन ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४५४ जना कोरोना संक्रमणमुक्त भएकाछन्।
यस्तै, ४३७ जनामा कोरोना संक्रमण थपिएको छ। ९ हजार ९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ४३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज ५ हजार १३३ जनाको पीसीआर र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २७५ र एन्टिजेन परीक्षणबाट १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
आज थप २ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ पुगेको छ। अहिले देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित छन्।
Facebook Comments


























