काठमाडौं, फागुन ५ । साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि शेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचकसँगसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा झरेको छ। नेप्से ०.०७ प्रतिशतले घटेको हो। यस्तै, सेन्सेटिभ परिसूचक भने स्थिर रहेको छ।
कारोबारमा आएका कूल २३३ वटा कम्पनीको ४० लाख १७ हजार ४ सय २९ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको शेयर घटेको छ।
बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २२ करोड ३७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो।
आज तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको शेयरमूल्य ६.४७ प्रतिशतले बढेर ६ सय २५ रूपैयाँ पुगेको छ।
.
यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको संस्थापक सेयरको मूल्य ४.४६ प्रतिशतले घटेर १६ हजार ५१ रूपैयाँमा झरेको छ।


























