काठमाडौं, फागुन ४ । सातदोबाटो युथ क्लबलाई १–० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे। खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल गरेका हुन्।
जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ। मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा ९ अंकले अघि रहेको छ। मनाङको २० अंक रहेको छ। सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ। सातदोबाटो छैटौँ स्थानमा रहेको छ।
यसअघि मछिन्द्रले ०७८ सालमा पहिलो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको थियो।
Facebook Comments


























