फागुन ४ । अवे खेलमा पोर्चुगलको स्पोर्टिङ सीपीविरूद्धको ५-० अन्तरको जितसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी यूइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक रहेको छ।
बुधबार बिहान भएको पहिलो लेगको नतिजासँगै सिटी प्रि क्वाटर फाइनलमा सहज जिततर्फ उन्मुख भएको छ। सिटीको जितमा बर्नाण्डो सिल्भाले दुई तथा रियाद मेहराज, फिल फोडेन र रहिम स्टर्लिङले एक-एक गोल गरे।
सुरुआती मिनेटबाटै अट्याकिङ गेम खेलेको सिटीले सातौं मिनेटमै अग्रता बनाएको थियो। उसले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा एक गोल गरेको हो।
अब दोस्रो लेग २२ मार्चमा सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुनेछ।
Facebook Comments


























