फागुन ४ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ २४ पैसा र बिक्रीदर १२० रुपैयाँ ८४ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३७ रुपैयाँ १३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























