काठमाडौं, फागुन २ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा यो हप्ताको दोस्रो दिन सामान्य अंकले बढेको छ। सोमबार नेप्से सूचकांक शुन्य दशमलब ८ विन्दुले बढेर दुई हजार सात सय दशमलब ९८ विन्दुमा पुगेको छ। त्यस्तै, कारोबार रकम पनि तीन अर्ब ६८ करोड ४० लाख बराबरको कारोबार भएको छ।
आइतबार नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा झरेको थियो। त्यस्तै, आज ५ अर्ब ९७ करोड ७२ लाख बराबरको कारोबार भएको थियो। सोमबार बुद्धभूमि जलविद्युतको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ। त्यस्तै नेशनल हाइड्रोपवारको सबैभन्दा धेरै ५४ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ।
Facebook Comments


























